FLASH NEWS

ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु


नेपाल आवाज ३ फाल्गुन २०७९, बुधबार १९:३९ मा प्रकाशित ११५९ पाठक संख्या

वीरेन्द्रनगर ११ अन्तर्गत ठूलो बिउरेनी नजिकै बालुवा बोकेको ट्याक्टर दुर्घटना हुदाँ  लेकबेसी नगरपालिकाका  १५ का जितेन्द्र नेपाली मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । बुधबार दिउँसो करिब ३ ः ३० बजे सुर्खेत बजारतर्फ आउँदै गरेको भे १ त ४४८३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा उनको मृत्यु भएको हो । दुर्घटनामा वीरेन्द्रनगर  ११ का २८ वर्षीय जीवन बादी र लेकबेसीका १५ वर्षीय सन्दिप सुनार घाइते भएका छन् । उनीहरू को अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।