FLASH NEWS

मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु


नेपाल आवाज ४ फाल्गुन २०७९, बिहीबार १४:५१ मा प्रकाशित १०२७ पाठक संख्या

काभ्रे । काभ्रेकाे धुलिखेल नगरपालिका- ११ पात्ले गाउँमा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ  । परिचालक भने घाइते भएका छन् । घाइते भएका चालक रामेछापको मन्थली नगरपालिका १४ फुलासी पोखरीका ३५ वर्षीय अभिजल काफ्लेको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो  । परिचालक दोलखाको मैलुङ गाउँपालिका ६ का अन्दाजी १७ बर्षीय कुवेर ठकुरीको सोही अस्पतालमा उपचार भइरहेको छ । भकुन्डेबेशीबाट धुलिखेलतर्फ आउँदै गरेको बा ५ ख ३०४३ नम्बरको मिनि ट्रक बिहीबार बिहान ५ बजे  सडकबाट अन्दाजी २०० मिटर तल खसेको थियो ।