आज: | Mon, 04, Mar, 2024
FLASH NEWS

टस जितेर नामिबिया फिल्डिङमा


नेपाल आवाज ८ फाल्गुन २०७९, सोमबार १०:०४ मा प्रकाशित ११२३ पाठक संख्या

काठमाडौ‌ । आइसिसी विश्वकप लिग– २ त्रिकोणात्मक ओडिआई सिरिजमा स्कटल्यान्डविरुद्ध टस जितेर नामिबियाले पहिला फिल्डिङ राेजेकाे छ । टियु क्रिकेट मैदान जारी खेलमा नामिबियाका कप्तान जेरार्ड इरास्मसले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नामिबिया सुरुवाती तीनै खेलमा नै पराजित भएको छ । जारी खेलमा नामिबिया स्कटल्यान्डलाई हराउन चाहन्छ । नेपालसँग तीन विकेटले पराजित स्कटल्याण्डलाई पराजित गर्ने दाउमा नामिबिया छ । तर, तीन खेल अगावै लिग च्याम्पियन बनिसकेको स्कटल्यान्डमाथी बिजय हासिल गर्न भने नामिबियालाई त्यति सहज छैन ।