FLASH NEWS

बोरामा फेला पर्‍यो महिलाको शव


नेपाल आवाज ८ फाल्गुन २०७९, सोमबार १८:४६ मा प्रकाशित २६२३ पाठक संख्या

विराटनगर, ८ फागुन । मोरङको बुढीगंगा गाउँपालिका–२ मा प्लाष्टिकको बोरामा २८ वर्षीया प्रियंका सुनारको शव फेला परेको छ । विराटनगर महानगरपालिका–१९ की सुनारको शव नरसिंह चौधरीको गोठमा फेला परेको प्रहरीले जनाएको छ । प्लाष्टिकको बोरा भित्र पोको पारेरको अवस्थामा उनको शव फेला परेको हो ।  शरीरमा चोट लागेकाले ह’त्या गरेर बोरामा पोको पारेर फ्यालेको हुन सक्ने प्रारम्भिक अनुमान गरेको प्रहरीले  घटनामा संलग्न भएको आशंकामा दुई जना लाई पक्राउ गरेको छ ।