FLASH NEWS

आईसीसी विश्वकप क्रिकेट लिग–२ टस जितेर नेपाल मैदानमा


नेपाल आवाज ९ फाल्गुन २०७९, मंगलवार ०९:४५ मा प्रकाशित १७१७ पाठक संख्या

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेको हो । यससँगै स्कटल्याण्डले अब पहिले ब्याटिङ गर्ने भएको छ । नेपालले तीन खेलमा जीत निकालेको छ । दुई खेलमा नामिबियालाई हराएको थियो भने एक खेलमा स्कटल्याण्डलाई ३ विकेटले पराजित गरेको थियो ।