FLASH NEWS

पुरानो बसपार्कका भ्यु टावर ठेकेदार भेटवाल पक्राउ


नेपाल आवाज १० फाल्गुन २०७९, बुधबार १७:२१ मा प्रकाशित २१७९ पाठक संख्या

काठमाडौं ।  पुरानो बसापार्कमा काठमाडौं भ्युटावरका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालकसमेत रहेका भेटुवाललाइ बैंकिङ कसुरको आरोपमा बुधबार पक्राउ गरेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीका अनुसार उनी बिरुद्ध बैंकिङ कसुरको उजुरी परे पछि पक्राउ गरिएको पुष्टी गरे । उनले सो बाहेक थप कुनै जानकारी दिन चाहेनन । आजै उनलाई म्याद थपका लागि जिल्ला अदालत, काठमाडौं लगिनेछ । उनी यसअघि पनि पक्राउ परेका थिए ।