FLASH NEWS

चाँंगुनारायणका कुखुरा फार्महरुमा बर्ड फ्लु्, एक हजार बढी कुखुरा नष्ट


नेपाल आवाज १० फाल्गुन २०७९, बुधबार २१:१४ मा प्रकाशित २६०५ पाठक संख्या

भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ८ रातोपाटीमा रहेको पोल्टी फार्मभित्रका कुखुराहरुमा बर्डफ्लु भेटिएको छ । चाँगुनारायण पोल्टी एण्ड ह्याचरी उद्योग प्रा.लि., अर्जुन गिरी पोल्टी फर्म, आदित्य पोल्टी फर्ममा बर्डफ्लु देखिएको हाे ।पोल्टी फार्महरुमा बर्डफ्लु देखिए पछि पशु विभागको चिकित्सक श्रीजा वाग्ले, पशुसेवा विभागका प्राविधिक आत्माराम शर्मालगायतकाे टाेलीले कुखुरा र अन्डालगायत सामान समेत नष्ट गरेका छन् । जसअनुसार कुखुरा १०४८०, चल्ला १०५०, दाना १४७५ के.जी र अण्डा ४५२३ वटा नष्ट गरिएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए ।