FLASH NEWS

कु’टपिट गरी ह’त्या गरेको आरोपमा धादिङमा एक पक्राउ


नेपाल आवाज १४ फाल्गुन २०७९, आईतवार २०:२० मा प्रकाशित १३२१ पाठक संख्या

धादिङ, १४ फागुन । कु’टपिट गरी ह’त्या गरेको आरोपमा धादिङ वाट एक पक्राउ परेका छन ।


जिल्ला प्रहरी कार्यालयका अनुसार   धुनबेशी नगरपालिका– ६ देवीस्थान बस्ने ३७ वर्षीय पुरुषोत्तम बानिया लाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार धुनिबेशी नगरपालिका–६ देवीस्थान घर भई सोही नगरपालिका – ७ नौबिसेस्थित निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका ८० वर्षीय बलराम उप्रेतीको कुटपिट गरी ह’त्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

बानियाले १० फागुन  मा कु’टपिट गर्दा गम्भीर घाइते भएका उप्रेती को आइतबार बिहान नेपाल भारत मैत्री अस्पताल काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्ध मा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।