FLASH NEWS

सुनको भाउ ताेलामा ३०० रुपैयाँ घट्यो


नेपाल आवाज २३ फाल्गुन २०७९, मंगलवार १२:३९ मा प्रकाशित १५४३ पाठक संख्या

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन प्रतितोलामा तीन सय रूपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाको १ लाख २ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार १ लाख २ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो ।


यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको । यसअघि आइतबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँ निर्धारण गरिएको थियो ।

संघका अनुसार मंगलबार चाँदीको मूल्य पनि प्रतितोला १० रूपैयाँले घटेको छ ।  आइतबार १ हजार २७५ रूपैयाँले कारोबार भएको चाँदी मंगलबार प्रतितोला १ हजार २६५ रूपैयाँमा कारोबार भइरहेको छ।