FLASH NEWS

एकैदिन ह्वातै बढ्यो सुनको भाउ


नेपाल आवाज ३० फाल्गुन २०७९, मंगलवार ११:५० मा प्रकाशित २५१५ पाठक संख्या

काठमाडौ, ३० फागुन । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ ।


नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।