आज: | Mon, 26, Feb, 2024
FLASH NEWS

महिलामाथि ब’लात्कार गरेको कसुरमा एक युवकलाई सात वर्ष कैद


नेपाल आवाज १ चैत्र २०७९, बुधबार ०९:१४ मा प्रकाशित १३१५ पाठक संख्या

सप्तरीकी २५ वर्षीया महिलालाई ब’लात्कार गरेको कसुरमा सप्तरी डाक्नेश्वरी नगरपालिका–८ का एक युवकलाई मंगलबार सात वर्ष कैद सजाय भएको छ।

सप्तरी जिल्ला अदालतका न्यायाधीश श्याम विहारी मौर्यको इजलासले ३० वर्षीय सुन्दर मुखियालाई सात वर्ष कैद सजाय गरेको अदालतले जनाएको छ। आरोपितलाई सात वर्ष कैदका साथै पीडितका लागि ५० हजार क्षतिपूर्ति दिनुपर्ने र फौजदारी कसुर राहत पीडित कोषमा एक हजार तीन सय जम्मा गर्नुपर्ने फैसला भएको सप्तरी  अदालतले जनाएको छ।

तीनवर्ष अघि नै अदालतमा दर्ता भएको अभियोगको ३३औं पटकको पेशीमा फैसला भएको हो। आरोपितले २०७६ असोज ३ गते बलात्कार गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय सप्तरीमा २०७६ असोज ६ गते उजुरी दिएका थिए। पीडितका अनुसार पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले ब’लात्कार गरेका थिए।

आरोपित २०७६ पुस ११ गते पक्राउ परेपछि माघ ६ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।