FLASH NEWS

सिकारीको बन्दुक पडकिदा एक किशोरको मृत्यु


नेपाल आवाज १ चैत्र २०७९, बुधबार ०९:२१ मा प्रकाशित २१४३ पाठक संख्या

सल्यान, १ चैत । सिकारीको भरुवा बन्दुक पड्किदा सल्यानमा एक किशोरको मृत्यु भएको छ ।  बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावत को गोलि लागेर मृत्यु हो । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुक एक्कासी पड्किदा गोलि लागेर घाइते भएका चित्र बहादुर घाइते हुन पुगेका थिए । जिल्ला प्रहरी सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार घाइते चित्र बहादुर को उपचारका लागि सुर्खेत लिदै गर्दा बाटो मै मृत्यु भएको हाे । गोली प्रहार गर्ने आइते लाइ प्रहरी पक्राउ गरेको छ ।