FLASH NEWS

उपराष्ट्रपति निर्वाचन : प्रधानमन्त्रीले गरे मतदान


नेपाल आवाज ३ चैत्र २०७९, शुक्रबार १२:४६ मा प्रकाशित १५२५ पाठक संख्या

काठमाडौं, ३ चैत । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि मतदान गरेका छन् । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको मतदातामा संघीय संसद र प्रदेशसभा सदस्य रहनेछन् ।