आज: | Mon, 05, Jun, 2023
FLASH NEWS

जनयुद्धमा मारिएकाहरूलाई राष्ट्रिय सहिदको मान्यता


नेपाल आवाज ४ चैत्र २०७९, शनिबार १७:५४ मा प्रकाशित ८७१ पाठक संख्या

काठमाडौं-  सशस्त्र संघर्ष र क्रान्तिका क्रममा मृत्युवरण गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ।नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिएको हो । मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ। जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपनि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्। यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकहरूले राष्ट्रिय सहिदको मान्यता पाएका छन्।सूची यहाँ क्लिक गरेर हेर्नुहाेस् ।