FLASH NEWS

चार किलोग्राम गाँजासहित एक भारतीय पक्राउ


नेपाल आवाज ६ चैत्र २०७९, सोमबार १२:५९ मा प्रकाशित ८८९ पाठक संख्या

सर्लाही, ६ चैत । विष्णु गाउँपालिका–५ फेन्हरा बाट ४ किलो ग्राम गाँजा सहित एक भारतीय पक्राउ परेका छन् । भारतीय नागरिक २७ वर्षीय ईन्द्रजित कुमार यादवलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय फेन्हरा र बीओपी फेन्हरा बाट खटिएको संयुक्त प्रहरीले नेपालबाट भारत तर्फ जाँदै गरेका उनलाई उक्त लागूऔषध र भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।