FLASH NEWS

भन्सार छली ल्याइएको लत्ताकपडा तथा खाद्यान्न बरामद


नेपाल आवाज ६ चैत्र २०७९, सोमबार १९:२७ मा प्रकाशित १५०७ पाठक संख्या

वीरगञ्ज,  प्रहरीले वीरगञ्जबाट भन्सार छली ल्याउँदै गरेको लत्ताकपडा तथा खाद्यान्न नियन्त्रणमा लिएको छ । वीरगञ्ज महानगरपालिकाभित्र ईनर्वागाउँ, नगवा र छपकैया बाट अवैध रूपमा भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा उक्त सामान नियन्त्रणमा लिइएको हो । भन्सार छली ल्याइएका पाँच लाख ७० हजार ७ सय १० रुपैया बराबरको विभिन्न किसिमका लत्ता कपडा तथा खाद्यान्न सामग्री आवश्यक कारबाही को लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।