आज: | Thu, 21, Sep, 2023
FLASH NEWS

शेखर कोइरालाले भने, ‘यो वा त्यो बहानामा ब्यक्तिगत फोन टयाप गर्न पाईदैन्’


नेपाल आवाज ८ चैत्र २०७९, बुधबार १३:३९ मा प्रकाशित १४८९ पाठक संख्या

काठमाडौं, ८ फागुन । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ब्यक्तिगत फोन टयाप गर्ने बुदाँ उल्लेख भएर आउन लागेको कानुन प्रति आपत्ति जनाएका छन् ।

नागरिकको गोपनीयता सरकारको निगरानी र नियन्त्रणमा रहनेगरी विधेयक ल्याउने तयारीमा सरकार लागे पछि कांग्रेस नेता कोइरालाले आपत्ति जनाएका हुन ।

‘लोकतन्त्रमा यो वा त्यो बहानामा नितान्त व्यक्तिगत फोन ट्याप गर्ने कार्य स्वीकार्य छैन,’ कोइरालाले टविट गर्दै भनेका छन्, ‘विगतमा विरोधका कारण रोकिएको यो कार्य फेरि अगाडि वढाउनुले सरकारको नियत माथि प्रश्न उठेको छ।’

राष्ट्रीय सुरक्षा सँग जोडिने यस्ता कार्य प्रति दल, मानव अधिकारकर्मी, नागरिक समाज र प्रेस जगतको समेत ध्यान दिन कोइरालाले आग्रहसमेत गरेका छन ।