FLASH NEWS

वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ


नेपाल आवाज ९ चैत्र २०७९, बिहीबार ०७:२६ मा प्रकाशित २५२७ पाठक संख्या

जनकपुरधाम उपमहानगरपालिका-११ का वडाध्यक्ष र वडासचिव घुससहित पक्राउ परेका छन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायलाई ५० हजार रूपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ । उनीहरूलाई बुधबार जनकपुरधाम-६ को रामजानकी अस्पताल नजिकैबाट पक्राउ गरिएको प्रवक्ता भोला दाहालले बताए । उनीहरूले जग्गा दर्ता कायम गर्ने सर्जमिन मुचुल्काको रोहवरमा दस्तखत गर्न सेवाग्राही सँग घुस मागेका थिए । घुस मागेको खबर पाएपछि अख्तियारको बर्दिबास टोली खटिएको थियो । उक्त टोली पुगेर रकमससहित उनीहरूलाई पक्राउ गरेको हो ।