FLASH NEWS

प्रधानमन्त्री र सभामुख बिचमा भेटवार्ता जारी


नेपाल आवाज १३ चैत्र २०७९, सोमबार ०९:२४ मा प्रकाशित १६६९ पाठक संख्या

काठमाडौं, १३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो। सभामुखको अधिकार कटौती गर्ने बारेमा बहस भईरहेको बेला सभामुख घिमिरेले प्रधानमन्त्री प्रचण्डसँग भेटघाट गरेका हुन । प्रधानमन्त्रीको सचिवालयका अनुसार  भेटवार्ता जारी छ । प्रधानमन्त्री र सभामुख बिचमा प्रतिनिधि सभालाई गतिशील बनाउनेलगायत विषयमा छलफल हुने बताईएको छ ।