FLASH NEWS

बर्दिबासबाट हिँडेर १२औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु ( फोटो फिचर)


नेपाल आवाज १३ चैत्र २०७९, सोमबार १५:३९ मा प्रकाशित १४२९ पाठक संख्या

काठमाडौं, १३ चैत । महोत्तरीको बर्दिबासबाट काठमाडौंका लागि हिँडेका मिटरब्याज पीडितहरु मातातीर्थ आइपुगेका छन् । बर्दिबासबाट हिँडेर १२औँ दिनमा उनीहरु मातातीर्थ आइपुगेका हुन् । उनीहरु काठमाडौंको माइतीघर मण्डलामा आउनेछन् । सोमबार नै उनीहरु माइतीघर मण्डलामा आइपुग्ने र आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब सृजना गर्नेछन् ।