FLASH NEWS

ब’लात्कार आराेपमा २ जना पक्राउ


नेपाल आवाज १६ चैत्र २०७९, बिहीबार १४:३८ मा प्रकाशित १३२७ पाठक संख्या

पाल्पा, १६ चैत । पाल्पामा  ६१ वर्षीया महिलालाई ज’बरजस्ती क’रणी गरेको आराेपमा दुईजनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही गैडहवा गाउँपालिका-६ घर भई पाल्पा तानसेन नगरपालिका-६ स्थित खानेपानि ट्याङ्की निर्माणको काम गरी बस्ने ५६ वर्षीय महताम लोध र रुपन्देही कोटहीमाई गाउँपालिका-२ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।  उनीहरूले ती महिललाई गत मंगलबार ज’बरजस्ती क’रणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी बर्तुङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएकाे छ ।