FLASH NEWS

मनाङमा भीरबाट खसेर चिनियाँ पर्यटकको मृत्यु


नेपाल आवाज १७ चैत्र २०७९, शुक्रबार ०७:०५ मा प्रकाशित २२५७ पाठक संख्या

पोखरा, मनाङमा भीरबाट खसेर एक पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेमा चिनियाँ नागरिक झाङ जी रहेका छन् ।जी नासो गाउँपालिका वडा नम्बर २ खोत्रो भीरबाट खसेर गम्भीर घाइते भएकोमा उनको उद्धार गरी लमजुङको बेंसीसहर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मनाङले जनाएको छ । मस्र्याङ्दी नदी किनारमा रहेको गोरेटो बाटोमा हिड्ने क्रममा जी बाटोबाट तल खसेका थिए ।


कांग्रेसले टुङ्गयो मन्त्रीको नाम : नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । कांग्रेसले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ जना मन्त्रीको नाम टुङ्ग्याएको हो ।

कांग्रेसबाट उपसभापति खड्का र रमेश रिजालमध्ये एक जनाले परराष्ट्र र एक जनाले रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।यस्तै अर्का उपसभापति धनराज गुरुङ् सामान्य प्रशासन, एनपी साउँद शहरी विकास, सिता गुरुङ् भूमि ब्यवस्था, डिग बहादुर लिम्बू कानुन, प्रकाश शरण महत अर्थ र मोहन बहादुर बस्नेत स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्ने छन् ।