FLASH NEWS

समीक्षा अधिकारीको ‘बर्दिबासको घाम’मा प्रथम र नग्मा


नेपाल आवाज १८ चैत्र २०७९, शनिबार ०९:४३ मा प्रकाशित १८४३ पाठक संख्या

काठमाडौं, १७ चैत । गायिका समीक्षा अधिकारी र गायक वाङ छिरीङ भोटियाको स्वर रहेको बर्दिबासको घाम बोलको लोक गीतको भिडियो सार्वजनिक गरिएको छ । अर्जुन पोखरेलको शब्द, संगीत, एरेन्ज रहेको सार्वजनिक गीतमा प्रथम क्षेत्री, नग्मा श्रेष्ठ, लक्ष्मी श्रेष्ठ र अमर बिष्टको अभिनय देख्न सकिन्छ ।


भिडियोले वैँशालु उमेरमा साथीभाइ सँग घुम घाम गर्दै रमाइलोमा बिताउने समय र प्रेमलाई देखाउन खोजेको छ । प्रथम क्षेत्रीको निर्देशन रहेको सार्वजनिक डान्सिङ शैलीको भिडियोलाई दर्शक ले रुचाएको गायक वाङ छिरीङ भोटिया बताउँछन् ।

नरेश बीबीसीको मिक्सिङ र मास्टरिङ रहेको सार्वजनिक गीतमा दिनेश पराजुलीको छायांकन तथा मीन रावलको सम्पादन रहेको छ ।

भिडियो लिंक : https://youtu.be/ZZ7R7nh1jeA