FLASH NEWS

दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प


नेपाल आवाज १८ चैत्र २०७९, शनिबार १३:१३ मा प्रकाशित ३२२९ पाठक संख्या

दोलखा – दोलखाको सुरी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार दोलखाको सुरी केन्द्रबिन्दु भएर आज बिहान ११ बजेर २७ मिनेट जाँदा पाँच दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।उक्त भूकम्पको धक्का दोलखा, ओखलढुङ्गा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट र काठमाडौँ उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो समय नेपालको पूर्व तथा पश्चिम क्षेत्र केन्द्रबिन्दु भएर भूकम्प जानेक्रम बढेको छ ।यसअघि गत चैत १५ गते ताप्लेजुङको स्याओ केन्द्रबिन्दु भएर चार दशमलव छ रेक्टर स्केलको भूकम्प गएको थियो ।
दोलखामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु : दोलखाको भिमेश्वर नगरपालिका वडा नं ६ स्थित दुध डेरीमा मोटरसाइकललाई ट्रकले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज बिहान काठमाडौंतर्फ जाँदै गरेको बा ४ ख ९७५ नम्बरको ट्रकले विपरित दिशाबाट आउँदै गरेको बा ९४ प ३२५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका घर भई हाल भीमेश्वर नगरपालिका ६ स्थित चोथाङमा बस्दै आएका चालक २० वर्षीय राजु मगरको मृत्यु भएको हो ।मगरको उपचारका क्रममा चरिकोट च्छोरोल्पा जनरल अस्पतालमा मृत्यु भएको दोलखा प्रहरीले जानाको दिइएको छ भने मोटरसाइकलमा सवार धनुषा घर भई हाल दोलखा सदरमुकाम चरिकोटस्थित सातदोबाटो बस्दै आएका अविशेक शाह घाइते भएका छन् । घाइते शाहको च्छ्योल्पा जनरल अस्पताल चरिकोटमा उपचार भइरहेको छ।