FLASH NEWS

एउटै परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ


नेपाल आवाज २३ चैत्र २०७९, बिहीबार ११:३२ मा प्रकाशित २४४९ पाठक संख्या

विराटनगर, २३ चैत । मोरङको ग्रामथान गाउँपालिका–२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जना परीक्षार्थी पक्राउ परेका छन् । माध्यमिक शिक्षा परीक्षा (एसईई) दिइरहेका ५२ जना परीक्षार्थीलाई पक्राउ गरेर अनुसन्धान थालिएको मोरङ प्रहरीले जनाएको छ । बुधबार एकजजना पक्राउ परेपछि निगरानी बढाउने क्रममा बिहीबार सामाजिक विषयमा परीक्षामा सहभागी भएका ५२ जनालाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ । एउटाको नाममा अर्कैले परीक्षा दिएको आशंका उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।