FLASH NEWS

नागरिक बचाऊ महाअभियानको नेपाल बन्द फिर्ता


नेपाल आवाज २३ चैत्र २०७९, बिहीबार १३:१९ मा प्रकाशित १७८९ पाठक संख्या

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियानले शुक्रबार आह्वान गरेको नेपाल बन्द फिर्ता लिएको छ। महाअभियानले विज्ञप्ति जारी गर्दै नेपाल बन्द फिर्ता लिएको जनाएको हो।


माध्यमिक शिक्षा परीक्षा (एसइई) लाई मध्यनजर गर्दै महाअभियानले नेपाल बन्दको घोषणा फिर्ता लिएको हो।

व्यवसायी प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई उपस्थित गराइ झापाबाट महाअभियानको सुरु गरेका थिए। महाअभियानले आर्थिक अन्याय र बेथितिविरुद्ध देशका  विभिन्न सहरमा प्रदर्शन गरिसकेको छ।

अभियानले नेपाललाई हिन्दु राष्ट्र कायम गरिनुपर्ने, संघीयता खारेज गर्नुपर्ने, बैंकको ब्याजदर घटाउनु पर्ने, २० लाखम्म ऋण मिनाहा गर्नुपर्ने लगायतका विषयमा अपिल गर्दै आइरहेको छ।