FLASH NEWS

मिटरब्याज पीडितका माग सम्बोधन गर्न अर्को वार्ता समिति गठन


नेपाल आवाज २४ चैत्र २०७९, शुक्रबार १९:५० मा प्रकाशित १७५३ पाठक संख्या

काठमाडौं – गृह मन्त्रालयले मिटरब्याज पीडितहरूसँग वार्ता गर्न सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। मन्त्रालयले शुक्रबार मिटरब्याज पीडितहरूसँग वार्ता गर्न समिति गठन गरेको हो ।


यसअघि सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाएको थियो । तर, मिटरब्याज तथा ठगीविरुद्ध किसान(मजदुर संघर्ष समितिु ले आन्दोलन जारी राखेपछि  उनीहरूका माग समेट्नेगरी वार्ता समिति बनेको हो।

पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी  तथा प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य छन् ।  गृह मन्त्रालयको उपसचिव दिलकुमार तामाङ सदस्य सचिव छन् ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पीडितका माग अविलम्ब सम्बोधन गर्न निर्देशन दिएकाले समितिले तत्काल आवश्यक पहल थाल्ने गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।