आज: | Tue, 26, Sep, 2023
FLASH NEWS

राष्ट्रपतिको निजी चिकित्सकमा डा. निरज बम


नेपाल आवाज २४ चैत्र २०७९, शुक्रबार २२:२३ मा प्रकाशित १५०७ पाठक संख्या

काठमाडौं – राष्ट्रपतिको निजी चिकित्सकमा त्रिवि शिक्षण अस्पतालका छाति रोग विशेषज्ञ डा निरज बम नियुक्त भएका छन्।

राष्ट्रपति कार्यालयले शुक्रबार डा बमलाई निजी चिकित्सकको रुपमा नियुक्त गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकको रुपमा आज पत्र बुझेको डा बमले बताएका छन्।

उनी चिकित्सा अध्ययन संस्थान अन्तर्गतको महाराजगञ्ज चिकित्सा क्याम्पसमा सहप्राध्यापकको रुपमा कार्यरत छन्।