FLASH NEWS

पेरिस ओलम्पिक महिला फुटबल छनोट : भियतनामसँग नेपाल पराजित


नेपाल आवाज २५ चैत्र २०७९, शनिबार २०:४७ मा प्रकाशित १५९७ पाठक संख्या

काठमाडौँ- नेपालमा समपन्न पेरिस ओलम्पिक अन्तर्गतको पहिलो चरणको छनोटको दोस्रो खेलमा पनि  बलियो टोलि भियतनामसँग पराजित भएपछि नेपालको पेरिस ओलम्पिक खेल्ने सपनामा पुर्णविराम लागेको छ।


त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा घरेलु  टोलि नेपाल भियतनामसँग २-० गोलअन्तरले पराजित भएको हो ।

पहिलो हाफमा सम्हालिएर खेल्न नसकेको नेपालले पहिलो हाफमै दुई गोल व्यहोरेको थियो। नेपाली टिमकी कप्तान तथा गोलकिपर एन्जिला सुब्बाले गल्ति गर्न पुग्दा नेपालले दुई मिनेटको अन्तरमा  दुई गोल व्यहोरेको थियो। एन्जिलाले हातले समातेको गोल छोड्दा पहिलो  व्यहोरेको  नेपालले अर्को  मिनेटमा फेरि गल्ति गर्दा दोस्रो गोल व्यहोरेको थियो ।

भियतनामका लागी दुवै गोल फाम हाइ येनले खेलको पाँचौ र सातौ मिनेटमा गरिन्।

पहिलो हाफको तुलनामा सुधारिएको प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा भियतनामलाई केही दबाबमा राखेको थियो। भियतनामलाई दबाबमा राख्दै केही आक्रमक  बने पनि नेपालले गोल भने गर्न सकेन्।

खेलको ६२ औ मिनेटमा दिपा शाहीले गोल गर्ने राम्रो अवसर पाएपनि उनको प्रहार गोलपोष्टमा ठोक्किएर फर्किएको थियो।

सन्तोषजनक प्रदर्शन गर्न नसकेपछि मुख्य गोलकिपर सुब्बाको स्थानमा दोस्रो हाफमा अन्जना राना मगरलाई मैदान प्रवेश गराइएको थियो

पहिलो खेलमा गोल गरेकी साम्बा आजको खेलमा गोल गर्न चुकिन्। खेलको पहिलो हाफको अन्तयतिर गोल गर्ने राम्रो मौका पाएपनि साम्बा त्यसमा सफल हुन सकिनन्। साम्बाले नेपालको जर्सिमा ४३ अन्तराष्ट्रिय गोल गरिसकेकी छिन्।

नेपालले  पहिलो खेल ५-१ ले गुमाएको थियो। जित्नैपर्ने दबाबमा रहेको नेपाल यो पराजयसंगै दोस्रो चरण पुग्न असफल भएको हो। यसअघी नेपालले अघिल्लो ओलम्पिक छनोटको दोस्रो चरणसम्मको यात्रा तय गरेको थियो।

यता,नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अनन्तराज थापाले नेपाल र भियतनामबीचको खेलको पहिलो सात मिनेटमै २ गोल खाएपछि खेलाडीको मोरल डाउन भएको टिप्पणी गरेका छन्।

‘सात मिनेटमा नै दुई गोल खाएपछि खेलाडीको मोरल डाउन भयो, पछि रणनिति परिवर्तन गर्दा राम्रो खेल खेल्न सक्यौं,’ थापाले भने, ‘विश्वकप खेल्ने टोलीसँग खेलिरहेका थियौं। टोलीको प्रर्दशन राम्रो थियो। भारतसँगको दुई मैत्रीपुर्ण खेल बराबरीमा रोक्दा मनोबल बढेको थियो।’ भियतनामसँगको लाइभ गेम हेर्न नपाउँदा समस्या भएको पनि उनले बताए। साथै, अन्तर्राष्ट्रिय एक्स्पोजरको आवश्यक्ता रहेको पनि उनले बताए।

‘इन्टरनेसन एक्पोजरको आवश्यक्ता छ। ठूला टोलीसँग खेल्न पायौं भने राम्रो हुन्छ। मिडियाले राम्रो सहयोग गरिदिन पर्यो,’ थापाले भने, ‘बेन्चमा पुराना र अनुभवी खेलाडी छन्, तर विपक्षी टिम र खेलको अवस्था हेरेर परिवर्तन गर्ने हो। टोलीको अवस्था कस्तो छ भनेर हेर्ने हो।’ खेलमा उनले अनुशासनको अलिक कमि देखिएको पनि बताए। ‘हामीले रोक्न सक्ने गोल रोक्न सकेनौं। अनुशासनको अलिकती कमी देखियो,’ थापाले भने। आजको खेलको दोस्रो हाफमा नेपालले राम्रो चान्स पाएको पनि उनले बताए।