FLASH NEWS

२ करोड मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बित


नेपाल आवाज २६ चैत्र २०७९, आईतवार १५:२९ मा प्रकाशित २२२७ पाठक संख्या

काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई करोड रुपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सांसद ढाकाकुमार श्रेष्ठलाई निलम्बन गरेको छ ।


आफू स्वास्थ्य मन्त्री बन्नका लागि पार्टीलाई बुझाउन दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएको छ ।

सो अडिओ सार्वजनिक भएपछि उनलाई निलम्बन गरिएको सो पार्टीका संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले न्युज कारखानालाई बताए ।

‘हामीले पनि अडिओ सुन्यौँ । अडिओ सुनिसकेपछि उहाँलाई निलम्बन गरेका छौं,’ उनले भने, ‘पछि दोषी देखिए थप कारबाही गर्नेछौं ।कानुनअनुसार उहाँलाई पनि कारबाही हुन्छ । तर, अहिलेलाई भने निलम्बन मात्रै गरिएको छ, अनुसन्धानका लागि ।’

उनी समानुपातिकतर्फबाट रास्वपा सांसद भएका थिए ।