FLASH NEWS

चारजना प्रहरी अतिरिक्त महानिरीक्षकलाई दर्ज्यानी चिह्न प्रदान


नेपाल आवाज २६ चैत्र २०७९, आईतवार १५:३४ मा प्रकाशित १९८१ पाठक संख्या

काठमाडौं, २६ चैत । प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका चारजनालाई आइतबार दर्ज्यानी चिह्न प्रदान गरिएको छ । २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भएका सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गररेका हुन् ।