FLASH NEWS

रास्वपा नेता ढाकाकुमारले दिए पुनरावेदन


नेपाल आवाज ३ बैशाख २०८०, आईतवार २२:०१ मा प्रकाशित २०५९ पाठक संख्या

काठमाडौं – पार्टीले साधारण सदस्य र सांसदबाट निष्कासित गर्ने निर्णयविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता ढाकाकुमार श्रेष्ठ पुनरावेदनमा गएका छन् । पार्टी केन्द्रीय कमिटीले आफूलाई साधारण सदस्यबाट समेत निष्कासित गरेपछि त्यसविरुद्ध उनी आइतबार पुनरावेदन दिएका हुन् ।


कारबाही घोषणाका क्रममा पार्टी सभापति रवि लामिछानेले उनलाई पुनरावेदनको सुविधा हुने भनेका थिए । रास्वपा पुनरावेदन समितिमा विपिन आचार्य, अग्निशिखा धिताल र दीपक बोहोरा रहेका छन् ।

नेता श्रेष्ठले यसअघि पार्टी अनुशासन तथा आचरण समितिमा लिखित स्पष्टीकरण बुझाएका थिए । त्यही समितिको सिफारिसका आधारमा उनलाई पार्टीबाट निष्कासन गरेको थियो ।