FLASH NEWS

थप ९९ जनामा कोरोना संक्रमण पुष्टि, ३७७ जना सक्रिय संक्रमित


नेपाल आवाज ३ बैशाख २०८०, आईतवार २२:२७ मा प्रकाशित १२७३ पाठक संख्या

काठमाडौं-   नेपालमा पछिल्लो २४ घण्टामा थप ९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।


स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६०४ नमुनामध्‍ये ३६४ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र १ हजार २४० जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जना गरी ९९ जनामा कोरोना संक्रमण देखिएको हो ।

यस्तै कोरोनाको सक्रिय संक्रमितको संख्या ३७७ पुगेको छ भने संस्थागत आइशोसेलनमा ३७ जना, आइसीयूमा ११ जना र भेन्टिलेटरमा ४ जना उपचाररत छन् । आइतबार ५० जना संक्रमणमुक्त भएका छन्।