FLASH NEWS

रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो


नेपाल आवाज ५ बैशाख २०८०, मंगलवार १८:०९ मा प्रकाशित २७२५ पाठक संख्या

काठमाडौं – घरको छतबाट खसेर गम्भीर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालकलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । घरको छतबाट खसेर गम्भीर घाइते भएका चालक शम्भु थापालाई थप उपचारका लागि मंगलबार नेपाल मेडिसिटी अस्पताल ल्याइएको हो ।


उनको कलेज अफ मेडिकल साइन्सेस् (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार भइरहेको थियो । करिब ३६ घण्टासम्म सघन उपचार कक्षमा उपचार गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि थप उपचारको लागि काठमाडौं ल्याइएको हो ।

हाल उनको स्वास्थ्य स्थीति स्थिर तथा सुधारोन्मुख छ । विरामीको स्वास्थ्य स्थितिलाई मध्यनजर गरि थप उपचारको लागि चिकित्सकको सल्लाहमा हेलिकप्टर मार्फत मेडिसिटी ल्याइएको जनाइएको छ  ।