FLASH NEWS

अक्सिजनको मात्र कम भएपछि राष्ट्रपति पौडेल अस्पताल भर्ना


नेपाल आवाज ५ बैशाख २०८०, मंगलवार १८:२८ मा प्रकाशित २८६३ पाठक संख्या

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलको अक्सिजनको मात्रा कम भएपछि अस्पताल भर्ना गरिएको छ। अस्पताल  स्रोतका अनुसार आज बिहान अक्सिजनको मात्र कम भएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको हो।


स्वास्थ्यमा अवस्था जटिल भएपछि उपचारका लागि बाहिर लैजाने कुरा भए पनि राष्ट्रपति पौडेलले नमानिरहेको स्रोतले बताएको छ। अस्पताल स्रोतका अनुसार छातीरोग विशेषज्ञ डा. निरज बम नेतृत्वको टोलीले पौडेलको उपचार गरिरहेको छ।

राष्ट्रपति पौडेललाई ग्यास्ट्रिकको समस्या देखिएपछि पाँच दिन अघिमात्र शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। हिजो (आइतबार) पनि फलोअपका लागि राष्ट्रपति पौडेल बिहान अस्पताल पुगेका थिए।

राष्ट्रपति कार्यालय र अस्पतालले उनको स्वास्थ्य अवस्थाबारे औपचारिक रुपमा कुनै जानकारी दिएको छैन।