FLASH NEWS

एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने


नेपाल आवाज १६ बैशाख २०८०, शनिबार २३:०७ मा प्रकाशित १८१९ पाठक संख्या

काठमाडौं – एसीसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् ।


आज भएका सेमीफाइनल खेल वर्षाले प्रभावित भएपनि नेपाल समूह विजेताका रुपमा फाइनल प्रवेश गर्यो ।

यूएईले ओमानलाई डकवर्थ लुईस पद्धतिमा २ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गर्यो ।

फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा हुनेछ । सोमबार वर्षाले खेल प्रभावित भए मङ्गलवार पुनः खेलाइने छ ।

मङ्गलवार पनि खेल हुन नसके ओडिआई र्याङ्किमा अगाडि भएको टीम एसिया कपका लागि छनोट हुनेछ ।