FLASH NEWS

धादिङमा नेपाली सेनाद्वारा हेलीप्याड निर्माण


नेपाल आवाज १७ बैशाख २०८०, आईतवार २१:३५ मा प्रकाशित १२२५ पाठक संख्या

धादिङ- नेपाली सेनाद्वारा उत्तरी धादिङको रूबीभयाली क्षेत्रमा हेलीप्याड निर्माण गरिएको छ । जिल्लाको धादिङ रूवीभ्याली गाउँपालिकाको रुबिभ्याली-३ सेर्तुङस्थित कोच्जोङमा नेपाली सेनाले हेली प्याड निर्माण गरेको हो । यो हेलिप्याड जिल्ला सदरमुकामभन्दा विकटमा बनेको पहिलो ठुलो हेलीप्याड हो ।


विपदमा परेका, जटिल अवस्थाका गर्भवती/सुत्केरी महिला तथा गम्भिर खालका बिरामीलाई आकस्मिक उद्धार गर्न सहज होस् भन्ने उद्देश्यका साथ हेलीप्याड निर्माण गरिएको नेपाली सेनाको शिवदल गण गजुरीका गणपति प्रमुख सेनानी अशोक बरालले बताए ।

‘जिल्ला सदरमुकामदेखि टाढा रहेको यस क्षेत्रमा सडकको सहज पहुँच नहुने भएकाले आपतकालीन् अवस्थामा हेली उद्दार गर्न सहज होस भन्नका लागि हेलीप्याड निर्माण गरेको हो,’ प्रमुख सेनानी बरालको भनाइ छ ।

गाउँपालिकाको समन्वयमा सेनाले दस लाखको लगानीमा हेली प्याड निर्माण भएको हो । हेली प्याड निर्माण हुनु खुसीको कुरा भएको गाउँपालिकाका स्थानीयले बताए । प्राकृतिक विपदको समय उद्धारमा साह्रै कठिनाइ भोग्नुपरेको थियो, हेली प्याड निर्माण भएपछि त्यस्ता कठिनाइ नरहने बताइएको छ ।