FLASH NEWS

नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना सङ्क्रमण पुष्टि, ५५ जना डिस्चार्ज


नेपाल आवाज १७ बैशाख २०८०, आईतवार २१:५४ मा प्रकाशित १५६१ पाठक संख्या

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


पीसीआर र एन्टिजेन विधिबाट एक हजार ४७३ जनाको स्वाब परीक्षण गर्दा ६० जनामा सङ्क्रण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा २७२ जनाको पीसीआर परीक्षण गर्दा २२ जना र एक हजार २०१ जनाको एन्टिजेन परीक्षण गर्दा ३८ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन ५१ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

यस्तै, पछिल्लो २४ घण्टामा ५५ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमतिको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या ३२८ जना छ । सक्रिय सङ्क्रमितमध्ये २८ जना आइसोलेसन, ९ जना आईसीयू र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो विवरण अनुसार कोरोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार ३० जनाको मृत्यु भइसकेको छ ।