FLASH NEWS

प्रधानमन्त्री प्रचण्डले गरे मन्त्रिपरिषद् विस्तार, को-को थपिए नयाँ मन्त्री ?


नेपाल आवाज २० बैशाख २०८०, बुधबार २०:१८ मा प्रकाशित २२३९ पाठक संख्या

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।


प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले काँग्रेसका तीनजना मन्त्री नियुक्त गरेका हुन् ।

काँग्रेसका धनराज गुरूङ, मोहनबहादुर बस्नेत र डिलबहादुर लिम्बु मन्त्री नियुक्त भएका हुन् ।

जसअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा गुरुङ, स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा बस्नेत र युवा तथा खेलकुदमन्त्रीमा लिम्बु नियुक्त भएका छन् ।

नवनियुक्त मन्त्रीहरूलाई बिहीबार दिउँसो ३ बजे शपथ खुवाइने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलका प्रेस संयोजक खिला कार्कीले बिहीबार ३ बजे शीतलनिवासमा नवनियुक्त मन्त्रीहरुको शपथ ग्रहण कार्यक्रम रहेको जानकारी दिए।