FLASH NEWS

माओवादी लडाकु ब्यवस्थापनमा अर्बौंको हिनामिना भएको छ : ओली


नेपाल आवाज २८ बैशाख २०८०, बिहीबार १९:३७ मा प्रकाशित १०८७ पाठक संख्या

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी लडाकुको ब्यवस्थापनमा अर्बौंको हिनामिना भएको खुलासा गरेका छन्।


बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माओवादी लडाकुको ब्यवस्थापनमा अर्बौंको हिनामिना भएको खुलासा गरेका हुन्।

अध्यक्ष ओलीले ‘क्यान्टोनमेन्ट’ प्रकरणका फाइल अख्तियारले होल्ड गरेर बसेको बताउँदै भने, ‘क्यान्टनमेन्टका नभएका मानिसहरूका पैसा बुझिएको छ, राज्यको ढुकुटी अनुचित तरिकाबाट छलछाम गरेर खल्तीमा हाल्ने कुरा भ्रष्टाचार हो, जोसुकैले गरेको होस्, त्यसको बारेमा कोही पनि बोल्न तयार छैनन्।

राज्यको ढुकुटी रित्याएर अर्बौं पैसा कुम्ल्याउन मिल्छ? यी कुराहरू भएका छन्, आज होइन, पहिलादेखि नै हो। अख्तियारले होल्ड गरेर बसेको छ, म भन्न चाहन्छु, राज्यको यत्रो अर्बौंको हिनामिनाको छानबिन गर्नुस्, खुट्टा नकमाउनुस्, किन खुट्टा कमाएर बस्नुहुन्छ। यस्ता संस्थाहरू राजनीति प्रतिशोधका अस्त्र बनाउने?’