FLASH NEWS

नक्कली भुटानी शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीलाई ३ दिन हिरासतमा राख्न अनुमति


नेपाल आवाज १ जेष्ठ २०८०, सोमबार १७:५८ मा प्रकाशित ११२३ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धानका लागि प्रहरीले ३ दिन हिरासतमा राख्न अनुमति पाएको छ ।


जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

२० वैशाखमा पक्राउ पुर्जी जारी भएका रायमाझीलाई प्रहरीले आइतबार साँझ काठमाडौंको बुढानीलकण्ठ क्षेत्रको एक घरबाट पक्राउ गरेको थियो ।

म्याद थप लगत्तै टोपबहादुरको बयान  जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले लिन थालेको छ । जिल्ला अदालत काठमाडौंमा न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले रायमाझीलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएलगत्तै उनको बयान सुरु भएको हो ।

रायमाझीको बयान जिल्ला सरकारी वकिलको कार्यालयका उपन्यायधिवक्तासहित जिल्ला प्रहरी परिसर काठमाडौंमा मुद्दा शाखाका डीएसपी निरञ्जन भट्टसहितको टोलीले लिइरहेको छ ।

यो मुद्दामा बुधबारसम्म अनुसन्धान सकेर फाइल तयार गर्नु पर्ने भएकाले बयान सुरु गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले बताए ।