FLASH NEWS

१४औं साफ च्याम्पियनपसिपमा नेपालको प्रतिद्वन्द्वी भारत, कुवेत र पाकिस्तान


नेपाल आवाज ३ जेष्ठ २०८०, बुधबार १४:५८ मा प्रकाशित ९५५ पाठक संख्या

काठमाडौं – प्रतिष्ठित १४औं साफ च्याम्पियनसिपमा नेपालले आयोजक तथा डिफेन्डिङ च्याम्पियन भारतसँगै बलियो कुवेत र पाकिस्तान विरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ । बुधबार नयाँ दिल्लीमा निकालिएको ड्र अनुसार नेपाल, आयोजक भारत, कुवेत र पाकिस्तानसँगै समूह ए मा परेको हो ।


स्मरण रहोस, नेपाल गत संस्करणको उपविजेता समेत हो । र यसपटक गत संस्करणका दुई फाइनलिस्ट टोली एउटै समूहमा परेका छन् । त्यस्तै समूह बी मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।

आउँदो जुन २१ देखि ४ जुलाईसम्म भारतको बैंगलौरमा हुने यस प्रतिष्ठित प्रतियोगितामा यसपटक कुवेत र लेबनानलाई आमन्त्रित टोलीका रुपमा समावेश गरिएको हो । प्रत्येक समूहको शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।