FLASH NEWS

सांसद् मञ्जु खाँण संसदमा झुल्किइन्..!


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार १७:२८ मा प्रकाशित १२१३ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्ना पति पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि अष्ट्रेलियातर्फ गएको अनुमान गरिएकी सांसद मञ्जु खाँण शुक्रबारको संसद बैठकमा उपस्थित भएकी छन्।


राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा उनी संसद् बैठकमै उपस्थित भएकी हुन्।

भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री खाँण पक्राउ परेपछि उनकी श्रीमतीले देश छाडेर अष्ट्रेलियातर्फ गएको दाबी विभिन्न सञ्चारमाध्यमले गरेका थिए।

पति एवम् पूर्वगृहमन्त्री खाँण नक्कली शरणार्थी प्रकरणमा वैशाख २७ गते पक्राउ परेपछि गायब नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण ९ दिनपछि संसद् बैठकमा देखिएकी हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएका पति बालकृष्णलाई भेट्न समेत नपुगेकी उनी ९ दिनपछि संसदमा भने पुगिन्।

प्रकरणमा मञ्जुले साढे ६ करोड बुझेको दाबीसहितको बिचौलियाको अडिओ सार्वजनिक भएको थियो। त्यसमा अझै पनि छानबिन भइरहेको प्रहरीको भनाइ छ।