FLASH NEWS

यस्तो छ सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)


नेपाल आवाज ५ जेष्ठ २०८०, शुक्रबार १८:२६ मा प्रकाशित २३७१ पाठक संख्या

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आथिर्क वर्ष २०८०/८१ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका छन् ।


आज अपराह्न भएको दुवै संघीय सदनको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । जसमा निजी क्षेत्रलाई ऊर्जा व्यापारमा सहभागी गराउनेदेखि विद्यालयका बालबालिकाहरुको दिवा खाजा बढाउनेसम्मका कार्यक्रम समेटिएका छन् ।

त्यस्तै, निजगढ विमानस्थलको निर्माण अघि बढाइने, नयाँ हिमाल आरोहण खुल्ला गरिनेलगायत कार्यक्रमहरु रहेका छन् ।

बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्न नियमनमा कडाइ गर्ने भएको छ ।

काठमाडौं उपत्यकामा रहेका नदिकिनारमा बसिरहेका सुकुम्बासीहरुलाई स्थानान्तरण गरी नदिकिनार खाली गरिने भएको छ । नदीजन्य ढुंगा, गिटी, बालुवा संकलन र वितरण गर्न आवश्यक कानुनी व्यवस्था गर्ने भएको छ ।

दुई जिल्ला बराबर एक एयर एम्बुलेनस सञ्चालन गर्ने भएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत सरकारले सो प्रतिवद्धता जनाएको हो।

त्यस्तै, भौगोलिक अवस्था र पानीको स्रोतको आधारमा उपयुक्त सिँचाइ प्रविधिमार्फत वर्षैभर सिँचाइ सुविधा उपलब्ध गराइने, सिँचाइ गुरुयोजना अद्यावधिक गरी ठूला आयोजना कार्यान्वयन गर्दै लगिने र ठूला तथा बहुउद्देश्यीय सिँचाइ आयोजनाको मूल एवं शाखा नहरको निर्माण तथा मर्मत कार्य द्रुत गतिमा अघि बढाइने उल्लेख गरिएको छ ।

त्यसैगरी राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा बृहत् बहुउद्देश्यीय डाइभर्सन आयोजना निर्माण र सञ्चालनलाई तीब्रता दिइने, धादिङको सल्यानटारमा सिँचाइ सुविधा उपलब्ध गराउन प्रक्रिया अगाडि बढाइने, सिँचाइका निम्ति विद्युत् आपूर्तिको सहज व्यवस्था मिलाइ विद्युत् महसुलमा छुट दिने नीति लिइने उल्लेख गरिएको छ ।  साना किसानहरूलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबवेल वितरण गरिने पनि छ ।

बजार अनुगमनलाई थप प्रभावकारी बनाइ मूल्य र गुणस्तरमा सुनिश्चित गराइ उपभोक्ता नठगिने वातावरण निर्माण गरिने नीति तथा कार्यक्रम उल्लेख छ ।

त्यसैगरी शहरी तथा राजमार्ग वरपर यात्री पर्यटक सेवाग्राहीको अत्याधिक चाप हुने सार्वजनिक स्थलमा निजी तथा सामुदायिक साझेदारीमा एक हजार सुविधा सम्पन्न सार्वजनिक शौचालय र विश्रामस्थल निर्माण गर्ने घोषणा गरेको छ । सार्वजनिक यातायातमा सुधार गर्न राष्ट्रिय यातायात नीति ल्याउने भएको छ ।

गैरआवासीय नेपाली (एनआरएन)लाई नेपालमा लगानी गर्न खुला गर्ने व्यवस्था गर्ने भएको छ । आगामी दुई वर्षभित्र कीर्तिपुर र मुलपानी क्रिकेट मैदानको स्तरोन्नती सम्पन्न गरिने भएको छ ।

यसका साथै सरकारले उच्च पदस्थ व्यक्तिहरुको सम्पत्ति छानबिन गर्ने भएको छ। दुई वर्षभित्र ५ लाख रोजगारी सिर्जना गर्ने बताएको छ। महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको पहिचान तथा प्रारम्भिक उपचार निःशुल्क गर्ने घोषणा गरेको छ। न्युनतम विद्युत खपत गर्नेलाई निशुल्क दिने घोषणा गरेको छ। हिउँदमा ३० युनिट र वर्षायाममा ५० युनिटसम्मको बिजुली निशुल्क गरिने छ । विद्युतीय सवारीको उत्पादन र प्रयोगलाई प्राथमिकता दिइने जनाएको छ।

यस्तो छ राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रमः