FLASH NEWS

गोर्खा कप खेल्न पोखरेली टिम बेलायत जाने


नेपाल आवाज ७ जेष्ठ २०८०, आईतवार २२:२१ मा प्रकाशित १२४९ पाठक संख्या

पोखरा – तमु धीं यूकेले आयोजना गर्न लागेको गोर्खा कप भेट्रान फुटबल प्रतियोगितामा भाग लिन पोखराका खेलाडी बेलायत जाने भएकाे छ ।


बेलायत जान लागेका पोखरा एघारका खेलाडीहरुलाई भ्रमण सुखमय होस् र प्रतियोगितामा सफलता हासिल गहोस् भनी बगर भाईखलकले शनिबार बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

यूके जान भिसाको लागि बगर भाईखलक यूके र तमु धिं यूकेले संयोजन गरेका थिए । स्मरण रहोस, प्रतियोगिताको २०औं संस्करणतर्फ २०२२ मा खुल्लातर्फ ३२ टीम, भेट्रानतर्फ ८ टिम र पहिलो पटक महिलातर्फ २ टिमको सहभागिता रहेको थियो ।

पोखरा ११ टिममा अबतार गुरुङ, इस्वर (चन्द्र) गुरुङ, अमित (जोन) गुरुङ, खेलाडीहरु कुमार गुरुङ, राजु हमाल, राजेन्द्र तामाङ, उज्वल रन्जित, नरेन्द्र जङ्ग (मुखिया) गुरुङ, जमान सिंह दुरा, अभिषेक पिया, बिजय गुरुङ, डिल्लिराम श्रेष्ठ, राज महर्जन, टेक बहादुर गुरुङ र सचिन श्रेष्ठ रहेका छन् ।