FLASH NEWS

नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवा


नेपाल आवाज ८ जेष्ठ २०८०, सोमबार १५:५४ मा प्रकाशित १८६१ पाठक संख्या

काठमाडौं – नेपाल प्रहरीका २२ डिएसपी एसपीमा बढुवा भएका छन् । बढुवा भएकामध्ये २१ जनाले सोमबार दज्र्यान्ही चिन्ह लगाएका छन् ।


प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच दज्र्यानीद्वारा सुशोभन गरेका हुन् ।

बढुवा भएकाहरुको पदस्थापन भने भइसकेको छैन।। केही जिल्लाका एसपीको सरुवा र बढुवा भएकाको पदस्थापन गर्ने प्रहरी महानिरीक्षकको तयारी छ ।

समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूको पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाई संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्ने बताए । नेपाल प्रहरी संगठनमा प्रचलनमा रहेका कार्यशैली, अभ्यासहरू, पद्धति, प्रणाली र प्रक्रियालाई विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता रहेकोले परिवर्तनको संवाहकको रुपमा काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई उनले निर्देशन दिएका छन् ।

प्रहरी महानिरीक्षक कुँवरले चुनौतीकाबीच पनि अवसर खोज्नुपर्ने हाम्रो सेवामा, संगठनलाई तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र प्रद्धतिमा र्डोयाउन सबैको सकारात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहने बताए । विद्यमान प्रणालीहरुलाई समयानुकूल सुधार गर्दै लैजान सबैले आफ्नो अन्तरहृदयदेखि संगठनप्रति बफादार रही उच्च समर्पण भावका साथ अनुशासित भई कार्य सम्पादन गर्नुपर्नेमा उनको जोड छ ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक गौतम कुमार केसीले संगठनलाई थप उचाई दिन एवं राष्ट्रको हित, समाज र नागरिक सुरक्षाको खातिर जस्तो सुकै प्रतिकूलतालाई चिर्दै हरदम प्रयासरत रही संगठनप्रतिको विश्वासलाई जिवन्त बनाइराख्न प्रतिबद्ध रहेको बताए ।

दज्र्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, राम प्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्याम कुमार राई, गोबिन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहनुभएको छ । साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी उपरीक्षक बसुन्धरा खड्का हाल तालिमको सिलसिलमा विदेशमा छिन् ।