FLASH NEWS

प्रचण्ड नेतृत्वको सरकारले पायो पूर्णता, यी हुन् थपिएका मन्त्री


नेपाल आवाज ९ जेष्ठ २०८०, मंगलवार १५:४१ मा प्रकाशित ३८७७ पाठक संख्या

काठमाडौं – पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री दाहालले आज (मंगलबार) ले मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।


मंगलबार जनता समाजवादी पार्टी (जसपा) का वीरेन्द्रकुमार महतो वन तथा वातावरण मन्त्री र प्रमिला कुमारीलाई शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री बनेका छन् । मंगलबार जसपाबाटै थप एक मन्त्री थपिएपछि प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्मा २५ सदस्यीय भएको छ ।

सरकारमा नेपाली कांग्रेसका एक उपप्रधानमन्त्रीसहित ९ मन्त्री, माओवादीका एक उपप्रधानमन्त्रीसहित ५ मन्त्री र एक राज्यमन्त्री, एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री तथा नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी र नेपाल समाजवादी पार्टीका एक–एक मन्त्री छन् ।