FLASH NEWS

‘नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छाड्न हुँदैन’ : गगनकुमार थापा


नेपाल आवाज १० जेष्ठ २०८०, बुधबार १९:३५ मा प्रकाशित १०७५ पाठक संख्या

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न कसैलाई पनि छाड्न नहुने बताएका छन् ।


प्रतिनिधिसभाको बुधबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै थापाले राज्यविरुद्धको अपराधमा एकजना मान्छे पनि छाड्न नहुने बताएका हुन् ।

उनले शरणार्थी प्रकरणमा सरकारको परीक्षा भइरहेको भन्दै सरकारको परीक्षापछि न्यायालयको परीक्षा सुरु हुने बताउनुभयो । थापाले शरणार्थी प्रकरणमा आइरहेको नामहरु सुन्दा लाज पनि लजाएको अवस्था रहेको धारणा राखे ।

सलाम गर्ने वा सलामी लिने जो कोही व्यक्तिमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने भन्दै थापाले न्यायको अनुभूति हुने गरी फैसला हुनुपर्ने बताए ।

त्यस्तै थापाले चैत्र महिनामा नीति तथा कार्यक्रम बनाएर बैशाख र ज्येष्ठ महिना बजेट कार्यान्वयनका लागि कानून बनाउने काममा व्यतित गर्नुपर्ने धारणा राखे ।