FLASH NEWS

विन्दवासिनीलाई सांसदको शपथ लिन बाटो खुल्यो


नेपाल आवाज ११ जेष्ठ २०८०, बिहीबार ०५:४४ मा प्रकाशित १४११ पाठक संख्या

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्य बन्ने बाटो खुलेको छ ।


मेडिकल व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड रुपैयाँ मागेको प्रसंगमा निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले हालेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले ढाकाकुमारले मागअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । योसँगै कंसाकार सांसद हुने बाटो खुलेको छ । कानुन व्यवसायीहरुका अनुसार अब कंसाकारले शपथ लिन सक्नेछन् ।

आफूलाई गरेको कारबाही कानुनसम्मत नरहेको भन्दै ढाकाकुमार श्रेष्ठले सर्वोच्चमा रिट निवेदन दिएका थिए । बुधबार सोही रिटमा न्यायाधीशहरु कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले ढाकाकुमारले माग गरेअनुसार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

मेडिकल शिक्षा व्यवसायी दुर्गा प्रसाईसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गरेर उनको ठाउँमा कंसाकारलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो । रास्वपाको सिफारिस अनुसार निर्वाचन आयोगले कंसाकारलाई समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ ।