FLASH NEWS

भुटानी शरणार्थी प्रकरण : अदालतमा प्रतिवादीको बयान आज देखी


नेपाल आवाज १२ जेष्ठ २०८०, शुक्रबार ०८:२५ मा प्रकाशित १९५७ पाठक संख्या

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको आज देखी अदालतमा बयान प्रक्रिया सुरु हुने भएको छ ।


नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन लागेको अभियोगमा गत चैत १३ गते देखी पक्राउ परेकाहरुको आज देखी अदालती बयान सुरु हुन लागेको हो ।

सो प्रकरणमा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पुर्व गृहमन्त्री बालकृष्ण खाँण, निलम्बित सचिव टेकनारायण पाण्डे, तत्तकाालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, कांग्रेस नेनता केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मालगायतलाई पक्राउ गरिएको थियो ।

गत सोमबार प्रहरीले आफ्नो अनुसन्धान पुरा गरी सरकारी वकिलको कार्यालयलाई प्रतिवेदन बुझाए पछि सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत काठमाडौंमा २६ करोड भन्दा बढी बिगो माग राखी मुद्धा दर्ता गरेको थियो ।

राज्य बिरुद्धको अपराध, संगठित अपराध, किर्ते, ठगीलगायतका आरोप दर्ज गराएर मुद्धा दर्ता गराएको पर्सिपल्ट अर्थात आज शुक्रबारबाट अदालत बयान लिन लागिएको हो ।

न्यायाधीशको अगाडि बयान सकिएपछि मात्र थुनछेकको बहस सुरू हुनेछ। त्यसपछि प्रतिवादीहरूलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने भन्ने आदेश हुन्छ।